जंगली च्याउ खाँदा एक जनाको मृत्यु

२७ चैत ७८, सोमबार

तनहुँ, २८ चैत । जंगली च्याउ खाँदा तनहुँकाे म्याग्दे गाउँपालिका-३ धयरेमा एक महिलाको मृत्यु भएको छ ।

जंगली च्याउ खाएर बिरामी भएकी ४७ वर्षीया सुनिमाया थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत चैत १८ गते जंगलमा च्याउ खोज्न गइ घरमा ल्याएर खानासँग तरकारीको रूपमा खाँदा बिरामी भएकी उनको उपचारका लागि चैत २० गते दमौली ल्याइएको थियो ।

Advertisement

बिरामीमध्ये सुनिमायाको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चैत २३ गते नयाँ मेडिकल कलेज चितवन लगिएको थियो ।

त्यहाँ उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । च्याउ खाँदा दश जना स्थानीय बासिन्दा बिरामी भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top