लखनउलाई हराउँदै राजस्थान आईपीएलकाे शीर्ष स्थानमा

एजेन्सी, २८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएका खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् । राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो ।

जितका लागि १६६ रनको लक्ष्य पछ्याएको लखनउ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो ।लखनउका क्विन्टन डि ककले सर्वाधिक ३९ रन बनाए । मार्कस स्टोइनिसले ३८ रनको योगदान गरे ।

राजस्थानका युजभेन्द्र चहलले एक्लै चार विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले २ विकेट झारे । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनायो ।

राजस्थानका शिम्रन हेटमायरले सर्वाधिक ५९ रन बनाए । देवदत्त पाडिक्कलले २९ रनको योगदान गरे ।जितसँगै राजस्थान  ४ खेलमा ३  जित र १ हारसहित ६ अंक जोड्दै शीर्ष स्थानमा छ ।

लखनउ ५ खेलमा ३ जित दुई हारसहित पाचौँ स्थानमा छ । यस्तै अर्को खेलमा दिल्ली क्यापिटल्सले शीर्ष स्थानको कोलकाता नाइट राइडर्सलाई ४४ रनले पराजित गरेको छ ।

दिल्लीले दिएको २१६ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १७१ रन मात्र बनाउन सक्यो । कोलकाताका कप्तान श्रेयस एयरले सर्वाधिक ५४ रन बनाए । दिल्लीका कुलदिप यादवले ४ तथा खलिल अहमेदले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर २१५ रनको विशाल योगफल बनायो ।दिल्लीका डेभिड वार्नरले सर्वाधिक ६१ रन बनाउँदा  पृथ्वी शले ५१ रनको योगदान गरे ।

यसैबीच आईपीएलअन्तर्गत आज सनराईजर्स हैदरावाद र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top