सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घट्यो

२८ चैत, काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा एक लाख तीन सय रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Scroll to Top