Nepal Times
Nepal Times
3
Shares

भायानेटको इन्टरनेट अब हरेक विद्यार्थीको घरमा

भायानेटको इन्टरनेट अब हरेक विद्यार्थीको घरमा

२८ चैत, विराटनगर । नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने उद्धेश्यले नेपालमा ई–लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग साझेदारी गरेको छ ।

यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास इ–क्लास १ महिना निःशुल्क चलाउन पाउने भएका छन् ।

नर्सरीदेखि कक्षा १० सम्मका लागि सरकारद्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास इ–क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गर्न सकिन्छ ।

विभिन्न ट्युटोरियल भिडियोहरू, क्विजहरू, र विभिन्न अन्तर–क्रियात्मक कार्यक्रमहरु रहेको यो सेवाले अनलाइन सिकाईलाई अझ सहज र रमाइलो बनाउने भायानेटले जनाएको छ ।

मिदास इ–क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न यसबाट सहयोग पुग्ने बताइएको छ ।

विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि फलामे ढोका मानिने एसईई नजिकिँदै गरेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीहरूलाई यो सहकार्यले विशेष फाइदा पुग्ने आशा भायानेट र मिदास एडुकेसनले लिएका छन् ।

भायनेटले आगामी वैशाखसम्म आफ्ना ग्राहकलाई मिदास इ–क्लास एक महिना निःशुल्क चलाउन दिने भएको छ ।

यसका लागि भायानेटका ग्राहकहरूले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदास इ–क्लास दाबी गर्नुपर्ने भायानेटले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.