×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

रंगेलीमा एमालेबाट मेयर बगडिया सर्वसम्मत उम्मेदवार, उपमेयरमा तीन जना आकांक्षी

२८ चैत्र २०७८

विराटनगर, २८ चैत । नेकपा (एमाले) ले रंगेली नगरपालिकाको मेयर पदको उम्मेदवार सर्वसम्मत चयन गरेको छ । नगर कमिटीको बैठकले मेयरमा अहिलेका मेयर दलिप अग्रवाल (बगडिया) लाईनै सर्वसम्मत मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मेयर बगडीयालाई एक महिना अघि मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले रंगेली पुगेर बृहत जनसभामा पार्टी प्रवेश गरेका थिए । मेयर बगडिया माआवादी केन्द्रबाट निर्वाचित तीन वडाध्यक्षसहित एमालेमा प्रवेश गरेका थिए ।

Advertisement
Advertisement

उनी एक महिना अघि मात्र औपचारिकरुपमा एमाले प्रवेश गरेको भएपनि त्यस अघिनै सकृय रहँदै आएका थिए । सर्वोच्च अदालतको फैसलाका कारण एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामै फर्किएपछि रंगेलीमा मेयर बगडियासहित तत्कालिन नेकपाको सिंगो माओवादी खेमा एमालेमै समाहित भएको थियो ।

माओवादी केन्द्रका नेता कार्यकर्ता एमालेमा समाहित भएपछि सो पार्टीका नेताहरुले अर्को कमिटी पुनरगठन गरेका थिए । तर, मेयर बगडिया पदमुक्त हुने डरले सकृय रहेपनि एमालेमा खुलेका थिएनन् ।

उनैलाई एमालेले आगामी ३० वैशाखमा हुने निर्वाचनमा अघि सारेको हो । बगडिया २०७४ सालको स्थानीयतहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।

कुनैबेला मोरङको सदरमुकाम रहेको रंगेलीबाट सदरमुकाम विराटनगर सरेपछि ओझेल परेको थियो । तर अहिले रंगेली पुरानै लयमा फर्कँदै जानथालेको मेयर बगडियाको भनाइ छ । व्यवसायीक पृष्ठभूमीसमेत भएका मेयर बगडियाले निर्वाचित भएसँगै नगरपालिकाबाट कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका थिए ।

नगरपालिकाका अनुसार उनले सोही घोषणा बमोजिम हालसम्म कुनै पनि सेवा सुविधा लिएका छैनन् । उनले गाडी सुविधासमेत हालसम्म लिएका छैनन् । उनले आफ्नै निजी गाडी प्रयोग गर्दै आएका छन् ।

नेकपा (एमाले) मोरङका उपसचिव सन्तोष साहले आगामी मेयरको उम्मेदवारका लागि नगर कमिटीले सर्वसम्मत बगडियालाई सिफारिस गरेको जानकारी दिए । २०७४ सालको निर्वाचनमा कांग्रेसको गढ भनेर चिनिएको सो नगरपालिकामा मेयर बगडिया अप्रत्याशित रूपमा निर्वाचित भएका थिए ।

रंगेलीमा एमालेले मेयरको टुंगो लगाएपनि उपमेयरमा तीन जनाले आकांक्षा देखाएका छन् । उपमेयरमा अहिलेकी उपमेयर केशवकुमारी खराल, एमाले रंगेलीकी नेतृ उषा झा र जिल्ला कमिटी सदस्य भूमा पराजुलीले उपमेयरको उम्मेदवारको रुपमा दावेदारी प्रस्तुत गरेका हुन् । उनीहरु मध्ये खराल २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् । एमालेबाट उम्मेदवार बनेकी झा तेस्रो भएकी थिइन् । उपमेयर खराल पनि बगडियासँगै एमालेमा प्रवेश गरेकी थिइन् ।

साहका अनुसार उपमेयरमा तीन जनाले दावी प्रस्तुत गरेपछि उनीहरु सवैको नाम सिफारिस गरेर जिल्ला कमिटीमा पठाइएको छ । बैठकले पाँच र ८ नम्बर वडाका उम्मेदवारसमेत सर्वसम्मत छनौट गरेको उपसचिव साहले जानकारी दिए । उनका अनुसार ८ नम्बरमा अहिलेकै वडाध्यक्ष ढकप्रसाद आचार्यलाई दोहो¥याउने निर्णय गरेको छ ।

Advertisement

त्यस्तै वडा नम्बर ५ मा पनि अहिलेकै वडाध्यक्ष महानन्द मण्डललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको नगर कमिटीले जनाएको छ । मण्डललाई पनि एमाले अध्यक्ष ओलीले मेयर बगडियासँगै पार्टीमा प्रवेश गराएका थिए । अन्य बाँकी वडाका उम्मेदवार पनि केही दिन भित्रै टुंगो लाग्ने साहले बताए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top