अर्थतन्त्रमा संकट थपिएको छ :शेखर गोल्छा

२७ चैत ७८, सोमबार

काठमाडौं, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र संकट उन्मुख देखिए पनि श्रीलंका नै हुने अवस्थामा नरहेको बताएका छन्। उनले अब पनि सरकार र सरोकारवाला चनाखो नबनेमा भने खराब स्थितिमा पुग्‍ने बताए ।

‘हामी अपारदर्शितालाई महत्त्व दिन खोजिरहेका छौँ। हामी अल्पकालीन नीतिमा अलमलिइरहेका छौँ। त्यसले मध्यम र दीर्घकालीन संकट निम्त्याइरहेको छ। श्रीलंका जस्तै हुन लागेकाले एकपछि अर्को यस्ता कदम आइरहेका हुन् कि भन्ने सर्वसाधारण र उद्यमीहरूको बुझाइ छ।’

नेपाल उद्योग वाणिज्य महासंघको ५६ औँ वार्षिक साधरणसभामा अध्यक्ष गोल्छाले भने, ‘श्रीलंका जस्तो हुँदैन  । तर, अहिलेदेखि नै चनाखो भएनौँ भने केही वर्षपछि हामी खराब अवस्थामा पुग्नेछौँ’ ।

Advertisement

अध्यक्ष गोल्छाले कोभिडपछि खस्किएको अर्थतन्त्र मजबुत हुन नसकेको अवस्थामा पुनराेत्थानको कार्यक्रमलाई अझै अघि बढाउनुपर्ने बताए । उनले ऊर्जामा निर्यातको योजना बाँडिरहेको अवस्थामा उद्योगमा विद्युत कटौती गरिएको सन्दर्भ कोट्याउदै विद्युत खरिद सम्झौता खोल्नका लागि आग्रह गरे ।

‘कोभिडपछिको पुनरोत्थानका लागि अझै बिर्सन मिल्दैन । साना उद्यमी, पर्यटन एवं मनोरञ्जन क्षेत्रलाई अझै सहयोग चाहिएको छ। जलविद्युतमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ’, गोल्छाले भने,  ‘लामो समयदेखि रोकिएको विद्युत खरिद सम्झौता खोल्नुपर्छ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top