विराटनगर,भदौ १
पछिल्लो १५ दिनमा नेपाल आयल निगमको घाटा २५ करोड रुपैयाँ भएको छ ।डलरको मूल्यवृद्धि भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य बढेकाले निगमलाई १५ दिनमा २५ करोड रुपैयाँ घाटा भएको हो ।
आईओसीले बिहीबार पठाएको मूल्यसुची अनुसार पेट्रोलमा प्रतिलिटर ६० पैसा र डिजेलमा ७५ पैसा भारतीय रुपैयाँ बढेर आएको छ । मूल्य बढेर आएकाले निगमलाई डिजेलमा प्रतिलिटर २ रुपैयाँ ३६ पैसा र पेट्रोलमा प्रतिलिटर १६ पैसा घाटा भएको छ ।आयल निगमलाई यसअघि पेट्रोलमा ८७ पैसा नाफा र डिजेलमा १ रुपैयाँ १४ पैसा घाटा थियो ।
मूल्य बढेर आएकाले निगमको १५ दिनमा घाटा बढेर २५ करोड रुपैयाँ पुगेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनले घाटा बढ्दै गएकाले पनि एक दुई दिनमा इन्धनको मूल्य समायोजन गरिने जानकारी दिए ।आयल निगमले खरिद गर्ने भध्ये निगमलाई हवाई इन्धन र मट्टितेलमा हुन्छ भने डिजेल, पेट्रोल र ग्यासमा घाटा छ ।
खाना पकाउने ग्याँसमा सबैभन्दा बढी प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ घाटा छ ।महँगो मुल्यका कारण निगमलाई ग्यासमा मात्र महिनामा ६७ करोड रुपैयाँ घाटा लाग्ने गरेको छ ।हवाई इन्धन र मट्टितेलमा भएको नाफाले निगमले ग्यासको घाटा व्यवस्थापन गर्दै आएको छ ।
आइओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पठाउने मुल्यसूची अनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ ।