सुनको मूल्य ताेलामा आठ सय रुपैयाँ बढ्याे

२८ चैत ७८, मंगलबार

काठमाडौं, २९ चैत ।सुनको भाउ मंगलबार ताेलामा आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ९ सय रुपैयाँ कायम भएको छ ।

Advertisement

यसअघि, सोमबार सुन तोलाको १ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि ताेलामा १५ रुपैयाँले बढेको छ । सोमबार १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३ सय ८० रुपैयाँ निर्धारण भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top