दही खान नजान्दा बिष सावित हुन सक्छ

विराटनगर, भदौ १
तपाईं सादा, ग्रीक, स्वादिष्ट वा ‘लो फ्याट’ जुनसुकै दही खान सक्नु हुन्छ । किनकि दही पोषणले भरिपूर्ण खानेकुरा हो। यसले तपाईंलाई पर्याप्त क्याल्सियम, प्रोटिन, भिटामिन बी, पोटासियम, फस्फोरस, म्याग्नेसियमजस्ता पोषण दिन्छ । लो फ्याट ८ औंस दहीले हामीलाई चार सय मिलिग्रामभन्दा बढी क्याल्सियम दिन्छ, जुन हामीलाई दैनिक चाहिने क्याल्सियम मात्राको आधा हो ।

दूध ‘ल्याक्टोब्यासिलस बल्गारियस’ र ‘स्ट्रेप्टोकोकस थर्मो्फिलस’ ब्याक्टेरियाले फर्मेन्टेसन भएर दहीमा परिणत हुन्छ । ‘प्रोबायोटिक्स’ पनि भनिने स्वास्थ्यका लागि फाइदाजनक यी दुवै ब्याक्टेरियाले दहीलाई स्वादिलो बनाउनुका साथै लामो समयसम्म खान योग्य बनाउँछन् । प्रोबायोटिक्सले दूधमा भएको ‘सुगर ल्याक्टोज’ पचाउन सघाउँछ र दूध र दुग्धजन्य पदार्थ पचाउन नसक्नेलाई समेत दही सजिलै पचाउन सघाउँछ। दहीमा भएका प्रोबायोटिक्सले रोग प्रतिरोध क्षमतासमेत बढाउन मद्दत गर्ने अनुसन्धानहरुले देखाएका छन्।

तपाईं दहीलाई अझै पोषणयुक्त बनाउन चाहनु हुन्छ भने ग्रिक दही खानुहोस्, जसमा सामान्य दहीमा भन्दा प्रोटिनको मात्रा दुई गुणा बढी हुन्छ। साथै, यो दही बन्ने प्रक्रियामा ‘ह्वे’ ९जसमा ल्याक्टोज, भिटामिन, प्रोटिन र खनिज हुन्छ ।

Advertisement

सँगै ‘सुगर’ पनि हटाइन्छ। त्यसैले सामान्य दहीमा भन्दा ग्रीक दहीमा सुगरको मात्रा थोरै हुन्छ। फ्याटले ऊर्जा क्यालोरी बढाउँछ। एक कप फ्याटरहित ग्रिक दहीले एक सय क्यालोरी ऊर्जा दिन्छ र शून्य फ्याट हुन्छ। ‘होल मिल्क’ जमाएर बनाएको दहीमा ७ ग्राम स्याचुरेटेड फ्याट र १ सय ९० ग्राम क्यालोरी ऊर्जा हुन्छ ।

तर, चिनी मिसिएको र फलफूलसहित अन्य मिठाइ मिसाइएको दहीमा चिनीको मात्रा सामान्यभन्दा तीन गुणासम्म बढी हुन्छ । यसले पोषिलो, स्वास्थ्यवद्र्धक दहीलाई अत्यधिक क्यालोरीयुक्त बनाइदिन्छ। ६ औंसको एक कप सामान्य दहीमा १२ ग्राम चिनी हुन्छ भने फ्याटरहित त्यति नै फ्रेन्च भेनिलामा २५ ग्राम र चकलेटी स्वादको एक कपमा ३५ ग्राम वा त्यसको तीन गुणा बढी चिनी हुन्छ।

Advertisement

दही राती सेवन गर्नु हुँदैन
१.राति दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ । यसलाई पचाउनका लागि इनर्जी बर्न गर्नुपर्ने आवश्यकता हुन्छ । धेरै मानिसहरु राति खाएपछि सुतिहाल्छन् । यसले झन् समस्या हुन्छ ।

२.राति दही सेवन गर्दा शरीरमा इन्फेक्सनको डर हुन्छ । यसले रुघा र खोकी लाग्न सक्छ । यसका साथै कतिपय अवस्थामा दही हानिकारक हुनसक्छ । वा त्यसले पोषण होइन, विषको काम गर्न सक्छ ।

३.शरीरको कुनै भाग सुन्निएको छ भने राति दही कदापि खानु हुँदैन । यसले सुन्निएको झन् बढ्छ ।

४.घुँडा वा जोर्नीको दुखाईबाट पिडित भएको अवस्थामा दही सेवन उपयोगी हुँदैन । अन्यथा यसले दुखाईलाई झनै बढाउनेछ ।

५.हामी दहीमा विभिन्न मिश्रण बनाएर सेवन गर्छौं, खासगरी डिजर्टको रुपमा । तर, थरीथरीका फलफूल दहीमा मिसाउँदा त्यो विषाक्त बन्न सक्छ ।

दही यसरी खानुपर्छ
दही खाने उपयुक्त समय विहान हो । हात–गोडाको जलन, पेटको इन्फेक्सन, अपच, भोक नलाग्नु, कमजोरीका साथै अरु पनि थुप्रै समस्याहरु बिहान दही सेवन गर्दा ठीक हुन्छ । नास्तामा एक कचौरा दहीमा सख्खर मिलाएर खाँदा शरीरमा रगत बढ्छ ।

यसमा यस्ता रसायनिक पदार्थ हुन्छन् जसले गर्दा यो दूधभन्दा चाँडै पच्छ पनि । अपच, कब्जियत, ग्यास जस्ता पेटको समस्या भोगिरहेका व्यक्तिलाई दही वा त्यसबाट बनेको लस्सी, मोही आदिको उपयोग गर्नु फाइदाजनक हुन्छ ।
छालाको सुन्दरताका लागि दही साह्रै उपयोगी
१अनुहारमा नियमित रुपमा दही लगाउनाले अनुहारमा चमक आउँछ ।

२ दहीले अनुहारमा भएका दाग तथा झुसिलोपनबाट बचाउँछ ।

३ रुखो छालालाई नरम बनाउने काम पनि दहीले गर्छ ।

४ कस्मेटिक सौन्दर्यभन्दा दहीको प्रयोग राम्रो मानिन्छ ।

५ दहीले छालामा मोस्चराइजको काम गर्छ ।

६ दहीमा पाइने लक्टिक एसिडले छालालाई फेसियल मास्कले जस्तै सुरक्षित राख्छ । साथै, छालाको भित्री भागमा रहेको फोहोरलाई बाहिर निकाल्न मद्दत गर्छ ।

७ दहीमा गाजर, काँक्रो र मेवा लगायतका मौसमी फलफूलको रस मिलाएर अनुहारमा लगाउनाले छालामा निखार ल्याउँछ । केही मौसमी तरकारीको रस दहीमा मिसाएर लगाउँदा पनि फाइदा हुन्छ ।

८ दहीमा कागतीको रस मिलाएर लगाउनाले छालालाई ताजा र स्वच्छ बनाउँछ ।

९ दही र बेसन मिलाएर अनुहारमा लगाउँदा चमकता आउँछ । साथै, दाग धब्बाबाट समेत राहत मिल्छ ।

१० दहीले छाला मात्र होइन कपाललाई पनि पोषण दिन्छ ।

११आधा कप दहीमा एक चम्चा जैतुनको तेल र एक चम्चा कागतीको रस मिलाएर अनुहारमा लगाई मनतातो पानीले धुनाले अनुहार आकर्षक देखिन्छ ।

१२अमिलो दहीले मालिस गर्नाले घाँटीको पछाडि हुने कालोपन हट्छ ।

१३लामो समयसम्म बढ्दो उमेरको प्रभाव हटाउन पनि नियमित दहीको लेपले सहयोग गर्छ ।

१४दहीको प्रयोगले नङ र कपाललाई पनि फाइदा गर्छ । हप्तामा दुई पटक कपालमा दही लगाउनाले कपाल सुन्दर देखिन्छ ।

दही खाँदाका फाइदा
१. राति निद्रा नलाग्ने समस्या छ भने दैनिक खानाका साथ एक कचौरा दही सेवन गरौं जसले तपाईलाई निन्द्रा दिन मदत गर्छ ।

२.दहीको नियमित सेवन शरीरका लागि अमृत समान मानिन्छ । यसले रगतको कमि तथा कमजोरी हटाउँछ । दूधले जब दहीको रुप लिन्छ, यसको सुगर एसिडमा बदलिन्छ । यसबाट पाचनमा मद्दत मिल्छ । भोक कम लाग्ने व्यक्तिहरुलाई दहीले एकदम फाइदा गर्छ ।

३. दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ । पेटमा गडबडी हुँदा दहीमा विरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ ।

४. अमेरिकी आहार विशेषज्ञहरुका अनुसार दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्वन्धी रोगहरुबाट छुट्कारा मिल्छ ।

५. दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई बिसेक पार्ने गजबको क्षमता हुन्छ । यसले कोलस्ट्रोल बढ्नबाट रोक्छ र मुटुको धड्कनलाई ठीक राख्छ ।

६. दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ । यो हड्डीहरुको विकासमा सहायक हुन्छ । साथै, दाँत, ता नङलाई पनि बलियो बनाउँछ ।

७. पायल्स रोगबाट पिडित व्यक्तिहरुले दिउसो भोजनपछि एक गिलास मोही पिउँदा फाइदा मिल्छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top