NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

ओलीको जन्मथलो तेह्रथुममा अलमलमै सत्ता गठबन्धन, विरासत जोगाउने एमालेको दावी

शनिबार बैशाख ३ , २०७९
Reading Time: 1 min read
A A
Advertisement
ओलीको जन्मथलो तेह्रथुममा अलमलमै सत्ता गठबन्धन, विरासत जोगाउने एमालेको दावी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

किशोर विश्वकर्मा । विराटनगर, ४ वैशाख /केन्द्रीय सत्ता गठबन्धनको निर्णय कार्यान्वयन गर्दै प्रदेश १ मा पनि स्थानीयतहमा चुनावी तालमेल गरेर अघि बढ्ने गठबन्धनमा आवद्ध दलहरुबीच समझदारी बनेको छ ।

गठबन्धन गर्ने सैद्धान्तिक सहमति जुटेपनि सिट बाँडफाँडको विषय भने टुंगी सकेको छैन । केन्द्रीय सत्ता गठबन्धनले प्रदेश र जिल्ला तहमा पठाइएको सर्कुलरमा सिट बाँडफाँट गर्दा कुन संयन्त्रले कसरी गर्ने र बाँडफाँटको आधार केलाई बनाउने भन्ने सामान्य आधारहरूसहितको सर्कुलरमा पठाइसकेको छ ।

गठबन्धन दलहरूका बीचमा ०७४ को स्थानीय तहको चुनावी परिणाम, प्राप्त मतभार र संगठनको वस्तुस्थितिलाई आधार मानेर प्रमुख र उपप्रमुख पदको बाँडफाँट टुंग्याउने समझदारी बनेको थियो ।

Advertisement

तर, तेह्रथुममा भने सत्ता गठबन्धनमै आवद्ध दलहरु अलमलमा देखिएका छन् । आगामी ३ वैशाखभित्र सिट बाँडफाँडको निर्णय गरि जिल्ला संयन्त्रले प्रदेशलाई पठाइसक्नुपर्ने केन्द्रीय सत्ता गठबन्धनको सर्कुलर रहेपनि तेह्रथुममा सिट बाँडफाँडबारे अझै पनि औपचारिक छलफलनै सुरु नभएको गठबन्धनमा आवद्ध नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच तेह्रथुममा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भएपनि भागवण्डाबारे उनीहरु अझै अलमलमै देखिएका छन् ।

प्रदेश १ को सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एस) र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।

तेह्रथुममा केन्द्रीय सत्ता गठबन्धनमा आवद्ध दलसहित प्रदेश १ को सत्ता साझेदार र संयुक्त लोकतान्त्रिक राष्ट्रि मञ्च पनि थपिएको छ । तर, भागवण्डामा भने अहिलेसम्म कुरा मिलिसकेको अवस्था छैन ।

२०७४ सालको मत परिणाम अनुसार सत्ता गठबन्धनमा आवद्ध दलबीच चुनावी तालमेल हुँदा तेह्रथुममा एमालेलाई कठिन हुने देखिएको छ । स्थानीयतहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडा जितेको आधारमा २०७४ सालको निर्वाचनमा तेह्रथुममा नेकपा (एमाले) पहिलोे, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका थिए ।

२०७४ सालको स्थानीयतह निर्वाचनमा ६ वटा स्थानीयतह रहेको तेह्रथुममा एमालेले पाँच र कांग्रेसले एउटा स्थानीयतह जितेको थियो । सो निर्वाचनमा एमालेले एउटा नगरपालिकाको मेयर, चार वटा पालिका अध्यक्ष, एक उपमेयर र तीन पालिकाका उपाध्यक्ष जितेको थियो । त्यस्तै कांग्रेसले एउटा नगरपालिकाको मेयर र एक पालिकाको उपाध्यक्ष जितेको थियो ।

तेह्रथुमका कुल ४३ वडा मध्ये एमालेले २२ वटा वडा जित्दा कांग्रेस १९ वडामा विजयी भएको थियो । सो निर्वाचनमा एउटा मात्र वडाध्यक्ष जितेर माओवादी केन्द्रले अस्तित्व मात्र जोगाउन सफल भएको थियो ।

एकजना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका थिए । सो निर्वाचन परिणाम अनुसार एमाले बलियो अवस्थामा देखिन्छ । तर, एमाले विभाजित भएका कारण त्यसको असर आगामी निर्वाचनमा पर्ने देखिन्छ । यद्यपी तेह्रथुममा पार्टी विभाजनको असर नरहेको एमाले नेताहरुले दावी गरिरहेका छन् ।

नेपाली कांग्रेसबाहेक गठबन्धनमा आवद्ध सवैदल विभाजित र टुट्फुटको अवस्थामा छन् । सत्ता गठबन्धनका अन्य दल नेपाली कांग्रेसको सहयोगबिना एक्लै निर्वाचन लड्न सक्ने अवस्थामा छैनन् ।

सत्ता गठबन्धनमा आद्धव जसपा, जनमोर्चा, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र एमालेबाट विभाजित भएर बनेको नेकपा (एस) को उपस्थिती तेह्रथुममा न्युन छ ।

एमाले विभाजित भएका कारण गत निर्वाचन भन्दा अहिले सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस बलियो अवस्थामा छ । २०७४ को निर्वाचनमा एउटा मात्र वडा जितेको भएपनि माओवादी केन्द्र आगामी निर्वाचनमा गठबन्धनकै कारण परिणाम बढाउने दाउमा छ ।

२०७४ सालको निर्वाचन परिणाम अनुसार सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी) केन्द्र तेह्रथुममा निकै कमजोर अवस्थामा देखिन्छ । एमालेबाट विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एस) को प्रभाव निर्वाचनमा कति पर्छ, अहिल्यै आँकलन गरिहाल्ने स्थिती देखिदैन ।

तर, गठबन्धनमा आवद्ध सवै दल एक ठाउमा उभिँदा एमालेलाई पहिलेको आफ्नो विरासत जोगाउन भने कठिन हुने देखिन्छ । एमाले अध्यक्ष केपीशर्मा ओलीको जन्मथलोसमेत रहेको तेह्रथुममा यसपटकको निर्वाचन रोचक हुने देखिन्छ ।

सत्ता गठबन्धनमा चुनावी तालमेल गर्ने निर्णय भइसकेकाले एमालेलाई २०७४ सालमा जितेका स्थानीयतह र वडा जोगाउन मुस्किल देखिन्छ । तर, एमाले तेह्रथुमका अध्यक्ष तेजमान कन्दङ्वा गत निर्वाचन भन्दा अहिले अझ बलियो अवस्थामा रहेको दावी गर्छन् । ‘तेह्रथुममा हामी कहिल्यै पराजित नभएको ठाउँ हो । अघिल्लोपटक प्राविधिक कारणले एउटा पालिका गुमाएका थियौ । यसपटक त्यो समेत फर्काउँछौँ ।’

उनले भने,‘अरुले गठबन्धन गरेपनि नाम मात्रको गठबन्धन हो । यहाँ गठबन्धनका साना दल जसपा र जनमोर्चाको उपस्थितीनै छैन । नेकपा (एस) र संयुक्त लोकतान्त्रिक राष्ट्रि मञ्चको उपस्थिती देखिए पनि त्यो एकदमै न्युन छ ।’

चुनावी तालमेल गर्ने भनिए पनि तेह्रथुममा सत्ता गठबन्धन अलमलमै देखिएको छ । केन्द्रकै निर्णय बमोजिम गठबन्धन गरेर अघि बढ्ने समझदारी भएपनि अहिलेनै सहमति भने नजुटी सकेको नेपाली कांग्रेस तेह्रथुमका सभापति अर्जुन तुम्बाहाम्फे बताउँछन् । ‘केन्द्रले निर्णय गरिसकेपछि यहाँ स्वभाविकरुपमा गठबन्धन हुने कुरा भइहाल्छ ।’ उनले भने,‘हामी केहीदिन भित्रै सिट बाँडफाँडको कुरा टुंग्याएर अघि बढ्छौँ । अहिले बाँडफाँडको विषयमा कुरा भइसकेको छैन ।’

उनले सत्ता गठबन्धनले चुनावी तालमेल गरेर निर्वाचन लडेको खण्डमा सवै पालिका जित्ने दावी गरे । अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रले जिल्लाभर एउटा वटा वडा मात्र जित्न सफल भएको थियो ।

सो निर्वाचनमा माओवादी केन्द्रले एउटा पनि स्थानीयतहको प्रमुख÷उपप्रमुख जितेको थिएन । गत निर्वाचनमा माओवादी केन्द्र तेस्रो शक्ति बनेको थियो ।

तर, गठबन्धन हुँदा यसपटक थप वडा र केही स्थानीयतह जित्ने आशा माओवादी केन्द्रको छ । तर, सम्मानजनक सिट नदिएको खण्डमा निर्वाचन एक्लै लड्ने तयारीमा समेत आफुहरु रहेको माओवादी केन्द्रका तेह्रथुमका अध्यक्ष इन्द्र इम्सोङ बताउँछन् । ‘गठबन्धनमा सन्तोषजनक सिट बाँडफाँड गरि चुनावी तालमेल गरेर जानुपर्छ भन्नेमा दुइमत छैन । तर, सन्तोषजनक ढंगले सिट बाँडफाँड हुनुपर्छ ।’ उनी भन्छन्,‘नभए हामी एक्लै लड्न पनि सक्षम छौँ । अहिलेसम्म बाँडफाँडको कुरा भएको छैन ।’

सत्ता गठबन्धनकै अर्को दल नेकपा (एस) तेह्रथुमका अध्यक्ष कृष्ण चोम्बाङ तेह्रथुममा गठन्धन हुँदा सवै पालिका सत्ता गठबन्धनले जित्ने दावी गर्छन् । ‘ इमान्दारिता पूर्वक कार्यान्वयन गरेको खण्डमा गठबन्धन गरेपछि हामीले ६ वटै पालिका जित्छौँ ।’ उनले भने,‘तर अहिले कुन पालिका र वडाहरु कसले लिने भन्ने प्राविधिक विषय टुंगीएको छैन ।’

अध्यक्ष चोम्बाङले गठबन्धनमा पाँच वटा दल भएका कारण भागवण्डामा समस्य भइरहेको बताए । ‘पाँच दल भइसकेपछि अलिकति भागवण्डामा समस्या त हुन्छ नै ।’ उनले भने,‘अहिले सैद्धान्तिक मात्र छलफल भइरहेको छ । पाँच गतेभित्र टुंग्याउछौँ ।’

तेह्रथुममा सत्तारुढ जसपा र जनमोर्चा भन्दा संयुक्त राष्ट्रिय मञ्च तुलनात्मकरुपमा केही बलियो अवस्थामा देखिन्छ । केन्द्रीय गठबन्धनमा नरहेपनि प्रदेश १ को सत्ता गठबन्धनमा रहेको सो दल पनि सत्तागठबन्धनसँगै मल्ने सोच बनाएको छ ।

तर, उपेक्षा गरिए एक्लै पनि चुनाव लड्ने बताएको छ । ‘मिलेरै जाने भन्ने हाम्रो पनि सोच हो । तर सम्मानजनक हैसियत नदिएर लुरुलुरु परेर जाने कुरा हुँदैन ।’ संयुक्त लोकतान्त्रीक राष्ट्रिय मञ्च तेह्रथुमका अध्यक्ष विजय लिङलेकु भन्छन्,‘दम्भ देखाए हामी आफ्नो पार्टीको अस्तित्व बचाउनका लागि । हाम्रो मत सुरक्षित गर्नका लागि भएपनि एक्लै पनि लड्न त लडिन्छ ।’

सत्ता गठबन्धनकै जनता समाजवादी पार्टीको तेह्रथुममा सामान्य मात्र प्रभाव छ । त्यसैले सत्ता गठबन्धनका अन्य दलले उपेक्षा गरिरहेको आरोप लगाएको छ । जनता समाजवादी पार्टी तेह्रथुमका अध्यक्ष भगवान रिजाल आफ्नो दलसँग तेह्रथुममा गठबन्धनबारे औपचारिक छलफलनै नभएको बताउँछन् । ‘अनौपचारिक रुपमा कुराहरु चलेपनि गठबन्धनबारे अहिलेसम्म औपचारिक छलफलनै भएको छैन ।’ उनले भने,‘अब हेरौँ के हुन्छ ।’

२०७४ मा यस्तो थियो निर्वाचन परिणाम

अठराई गाउँपालिका
२०७४ सालको स्थानीयतह निर्वाचनमा एमाले अध्यक्ष ओलीको जन्मथलो समेत रहेको अठ्राई गाउँपालिकाको अध्यक्षमा सोही पार्टीका मानबहादुर लिम्बु झिनो मतान्तरले विजयी भएका थिए । तर, एमाले विभाजन भएपछि उनी एमालेबाटै विभाजित भएर बनेको नेकपा (एस) मा लागेका छन् ।

सो निर्वाचनमा लिम्बुले ३८४७ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायण कुमार इङ्गनामले ३७४४ मत प्राप्त गरेका थिए । उ

क्त निर्वाचनमा पनि सो पालिकामा माओवादी केन्द्रले चुनावी तालमेल गरेको थियो । चुनावी तालमेलका कारण माओवादी केन्द्रले गाउँपालिका अध्यक्षमा उम्मेदवार उठाएको थिएन ।

त्यस्तै उपाध्यक्षमा पनि एमालेकै रुपादेवी कन्दङ्वा ३९६३ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेस–माओवादी गठबन्ध उम्मेदवार माओवादी केन्द्रकी रमिला खनालले २९७१ मत ल्याएकी थिइन् ।

अठ्राई गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५ र ७ नम्बर वडा एमालेले जित्ता गठबन्धन गरेपनि नेपाली कांग्रेसले २ र माओवादी केन्द्रले ६ नम्बर वडा मात्र जितेका थिए ।

छथर गाउँपालिका
छथर गाउँपालिका अध्यक्षमा पनि एमालेकै सन्तवीर लिम्बु ३४२६ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका टेकराज लिम्बुले २५५२ मत प्राप्त गर्दा माओवादी केन्द्रका तेजबहादुर कटुवालले ६५४, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुकबहादुर लिम्बुले १९२ र नयाँ शक्ति पार्टीका युद्ध लक्ष्मण भट्टराईले २७ मत मात्र प्राप्त गरेका थिए ।

उपाध्यक्षमा पनि एमालेकै तारा खरेल ३३६८ मत ल्याय विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी हीमामाया पौडेल भट्टराईले २४८९ मत ल्याएकी थिइन् ।

माओवादी केन्द्रकी लिलामाया सुब्बाले ७०१ र संयुक्त लोकतान्त्रीक राष्ट्रिय मञ्चकी २०२ मत प्राप्त गरेकी थिइन् । छथरमा एमालेले वडा नम्बर २, ४, ५ र ६ नम्बर वडा जित्दा नेपाली कांग्रेसले ३ र १ नम्बर वडा स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

फोदाप गाउँपालिका
फोदा गाउँपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । गठबन्धन गरेपनि गाउँपालिका अध्यक्षमा एमालेका हरिप्रसाद चोङवाङ लिम्बु ३४३९ मत सहित विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रसँग गठबन्धन गरेपनि नेपाली कांग्रेसका केशवप्रसाद भेटवालले ३२२० मत पाएका थिए । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका तिलबिक्रम लिम्बुले ११५ र नयाँ शक्ति पार्टीका होमप्रसाद ढकालले ६८ मत मात्र प्राप्त गरेका थिए ।

उपाध्यक्षमा पनि एमालेकै गीतादेवी थापा कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवारलाई हराउँदै दोब्बर बढी मतान्तर (३४३४) ले विजयी भएकी थिइन् ।

कांग्रेस–माओवादी गठबन्धनका संयुक्त उम्मेदवार माओवादी केन्द्रका गंगाप्रसाद लिम्बुले १७०१ मत मात्र प्राप्त गरेकी थिइन् । सो निर्वाचनमा एमालेले फोदापका वडा नम्बर १, ३ र ४ नम्बर जित्ला नेपाली कांग्रेसले २ र ५ नम्बर वडामा बाजी मारेको थियो ।

मेन्छयायेम गाउँपालिकामा
मेन्छयायेम गाउँपालिका अध्यक्षमा पनि एमालेकै यादवबहादुर खापुङ १६८३ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देउबहादुर लिम्बुले १४९४ मत प्राप्त गरेका थिए ।

माओवादी केन्द्रका फूर्वी शेर्पाले १३९ मत प्राप्त गर्दा नयाँ शक्ति पार्टीका हरिप्रसाद चोङवाङले ५३ मत मात्र ल्याउन सफल भएका थिए । उपाध्यक्षमा भने नेपाली कांग्रेसकी गीतादेवी तिम्सीना ६६ मतको झिनो अन्तरले विजयी भएकी थिइन् ।

उनले १४८६ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्दी एमालेकी दिलकुमारी शंकरले १४२० मत ल्याएकी थिइन् । मेन्छयायेमका वडा नम्बर ५ र ६ नम्बर वडा एमालेले जित्दा नेपाली कांग्रेसले १, २, ३ र ४ नम्बर वडा आफ्नो पोल्टामा पारेको थियो ।

म्याङलुङ नगरपालिका
म्याङलुङ नगरपालिकाको प्रमुखमा एमालेकै संजयकुमार तुम्बाहाम्फे ३८९० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रणविक्रम लिम्बुले ३५८६ मत प्राप्त गरेका थिए ।

तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका माओवादी केन्द्रका नेत्रकुमार सोदेम्बाले जम्मा १९३ मत मात्र प्राप्त गरेका थिए । उपप्रमुखमा पनि एमालेकै पार्वती सानु डाँगी ४०६३ मतसहित विजयी भएकी थिइन् ।

उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उमादेवी कार्कीले ३२४२ मत प्राप्त गर्दा तेस्रो भएकी माओवादी केन्द्रकी २१८ मत मात्र प्राप्त गरेकी थिइन् । म्याङलुङका वडा नम्बर २, ६, ७, ८ र १० नम्बर वडा एमालेले जित्दा नेपाली कांग्रेस १, ३, ४, ५ र ९ नम्बर वडामा विजयी भएको थियो ।

लालिगुराँस नगरपालिका
लालिगुराँस नगरपालिकाको प्रमुखमा भने नेपाली कांग्रेसका अर्जुन मावोहाङ ३८५१ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्दी एमालेका कमलबहादुर खड्काले २८२६ मत ल्याएका थिए ।

माओवादी केन्द्रका गणेश लिम्बु ८२८ मतसहित तेस्रो भएका थिए । उपप्रमुखमा पनि नेपाली कांग्रेसकै लिला पोख्रेल ३२०० मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम् प्रतिद्वन्दी जमुना मगर कार्कीले ३०७७ मत प्राप्त गर्दा तेस्रो बनेकी माओवादी केन्द्रकी प्रेमकुमारी अधिकारीले ११६६ मत ल्याएकी थिइन् ।

लालिगुराँस नगरपालिकाको वडा नम्बर २, ३, ५, ६, ७ र ९ नम्बर वडा नेपाली कांग्रेसले जित्दा एमाले १, ४ र ८ नम्बर वडामा विजयी भएको थियो ।

 

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?
अन्तर्राष्ट्रिय

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.