माओवादी केन्द्रका दाङ इन्चार्ज गौतमले गरे पार्टी परित्यागको घोषणा

४ बैशाख ७९, सोमबार

दाङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाडेका छन् ।

Advertisement

आज घोराहीमा पत्रकार सम्मेलन गरी गौतमले माओवादी त्यागेको घोषणा गरेका हुन् । माओवादी केन्द्र दाङका इन्चार्जसमेत रहेका उनले पार्टी गलत बाटोमा हिँडेकाले पार्टी छाडेको बताए ।

´माओवादी केन्द्र अहिले जुन बाटोमा हिँडेको छ, यो बाटो वामपन्थी लाइनमा छैन । माओवादी दक्षिणपन्थी यात्रामा हिँडेको छ, त्यसैले मैले माओवादी केन्द्र छाड्ने निर्णय लिँए`, गुनासो गर्दै उनले भने ।

Advertisement
गौतमले आफू स्वतन्त्र बस्नेसमेत बताए । उनी घोराही उपमहानगरपालिकामा माओवादीबाट मेयरका आकांक्षी थिए ।

गौतम ५ वर्षअघिको स्थानीय तह निर्वाचनमा घोराहीको मेयर उम्मेदवार बनेर तेस्रो स्थानमा थिए । यसपटक घोराही माओवादीले आफ्नो भागमा पाउनुपर्ने माग गरेको छ । तर कांग्रेसले मानेको छैन ।

उनी अनेरास्ववियू क्रान्तिकारीका पूर्वअध्यक्ष पनि हुन् ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top