काठमाडौं, ७ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयसस नेपाल आइपुगेका छन् । तीन दिने भ्रमणका लागि उनी बिहीबार दिउँसाे काठमाडाैं आइपुगेका हुन् ।
टेड्रोसले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री विराेध खतिवडालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
कोभिड महामारीमा काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको भ्रमण पनि उनले गर्नेछन् । भ्रमण १० वैशाखसम्म हुनेछ ।
