पाँचथर, १३ वैशाख । पाँचथरका आठ स्थानीय तहमा ९ सय ३ जनाले मनोनयन दर्ता गराएका छन् । ३ सय १६ पदका लागि ९ सय ३ जनाले मनोनयन दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रमुखमा ३७, उपप्रमुखमा २७, वडाध्यक्षमा २ सय १५, महिला सदस्य १ सय ५२, दलित सदस्य १ सय २६ र सदस्यमा ३ सय ४६ जनाले मनोनयन दर्ता गराएका छन् ।
फिदिम नगरपालिकामा मेयरमा ६ र उपमेयरमा ४ जनाले मनोनयन दर्ता गराएका छन् । १४ वडा भएको फिदिम नगरपालिकामा वडाध्यक्षका लागि ५६ जनाले मनोनयन दर्ता गराएका हुन् ।
फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा ५ र उपाध्यक्ष ४ सहित ९९ जना, मिक्लाजुङको अध्यक्षमा ६ र उपाध्यक्षमा ४ सहित १ सय २५ जनाले मनोनयन दर्ता गराएका छन् । कुम्मायकको अध्यक्षमा ४, उपाध्यक्षमा ३ सहित ८१ जना, तुम्बेवाको अध्यक्षमा ३, उपाध्यक्षमा २ सहित ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
हिलिहाङ गाँउपालिकाको अध्यक्षमा ५, उपाध्यक्षमा २ सहित ९० जना, याङवरकको अध्यक्षमा ३, उपाध्यक्षमा ४ सहित ८५ जना र फालेलुङ गाउँपालिकाको अध्यक्षमा ५, उपाध्यक्षमा ४ सहित १ सय १७ जनाले मनोनयन दर्ता गराएका छन् ।
