विराटनगरको उपमेयर उम्मेदवार कार्कीविरुद्धको उजुरीमा छानबिन थालियो

१४ बैशाख ७९, बुधबार
Share this
813shares

विराटनगर, १४ वैशाख ।नेकपा एमालेबाट विराटनगर महानगरपालिकामा उपमेयर पदकी उम्मेदवार शिल्पा कार्कीविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु भएको छ ।

Advertisement

उजुरीमा निर्वाचन अधिकृतको कार्यालयले छानबिन थालेको हो । उपमेयर उम्मेदवार कार्कीसहित पाँचजना उमेदवारविरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।

कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सत्ता गठबन्धनबाट जसपाका उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएका थिए ।

Advertisement

यादवले कार्की विराटनगरस्थित कोशी अस्पताल विकास समितिको सदस्य रहेको र सेवा सुविधा लिइरहेको भन्दै उजुरी दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top