पाँचखालमा जेठ ३ गते निर्वाचन हुने

पाँचखालमा जेठ ३ गते निर्वाचन हुने

३१ वैशाख, काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ ३ गते

हुने भएको छ ।

बैशाख ३० गते हुन नसकेको निर्वाचन जेठ ३ गते हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राईले जानकारी दिए ।

काभ्रेको पाँचखाल १३ मा मात्र मतदान रोकिएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले आज उक्त केन्द्रमा जेठ ३ गते मतदान हुने सूचना सार्वजनिक गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.