१ जेष्ठ,कास्की । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ ।
पोखरा महानगरपालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणनामा आचार्यले अग्रता लिएका हून ।
आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन ।एमालेका कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरे।
थापा आचार्य भन्दा ८१ मतले पछि छन । राप्रपाका शंकर खरालले १ सय ८४, स्वतन्त्र उम्मेदवार गनेश पौडेलले ६५ मत प्राप्त गरेका छन ।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार २ सय ४६ मत प्राप्त गर्नुभएको छ भने एमालेकी मन्जु गुरुङले १ हजार २५ मत प्राप्त गरेका छन।