Nepal Times
Nepal Times
3
Shares

सल्यानमा मतगणना स्थगित, पुनः गणना गर्न कांग्रेसको माग

सल्यानमा मतगणना स्थगित, पुनः गणना गर्न कांग्रेसको माग

१ जेठ, सल्यान । सल्यानको दार्मा गाउँपालिकामा मत गणना स्थगित भएको छ ।

वडानम्बर १ र २ को मतगणनामा गडबढ भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको छ ।

मतगणना स्थल बाहिर कांग्रेसले नाराबाजी गरेको छ भने पुनः मत गणना गर्न माग गरेको छ । अहिले सर्वदलीय बैठकको बस्ने तयारी भइरहेको छ ।

यो पालिकामा कांग्रेस र माओवादीका उम्मेदवारको कडा प्रतिस्पर्धा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.