Nepal Times
Nepal Times
9
Shares

गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला अरुणादेवी

गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला अरुणादेवी

१ जेठ, खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई विजयी भएकी छन् ।

उनले एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गरेकी हुन ।

अरुणादेवीले २८८१ मत ल्याउँदा एमालेका राईले २५७५ मत ल्याए ।

हालसम्म निर्वाचित जनप्रतिनिधिमा अरुणादेवी गाउँपालिका प्रमुख जित्ने महिलो महिलासमेत हुन् ।

यहाँ नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका थिए ।

उपाध्यक्षमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका खेमबहादुर खड्का २८०५ ल्याएर निर्वाचित भएका छन् ।

उनीसँग एमालेकी विमला राईं २४९५ मत ल्याएर पराजित भए।

२०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2022 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.