Nepal Times
Nepal Times
3
Shares

हप्तामा २ दिन विद्यालय बिदा नदिन भक्तपुर नगरपालिकाको निर्देशन

हप्तामा २ दिन विद्यालय बिदा नदिन भक्तपुर नगरपालिकाको निर्देशन

१ जेष्ठ ,काठमाण्डौ। हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।

नगरपालिकाले आज सूचना निकालेर शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको हो ।

सरकारले जेठ एक अर्थात् आजदेखि लागू हुनेगरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि नगरपालिकाले आज सूचना निकालेर अर्को सूचना नआएसम्म विद्यालय बन्द नगर्न भनेको हो ।

शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले अहिले भर्ना कार्यक्रम जारी रहेको र नगरपालिकामा जनप्रतिनिधि नभएकाले बिदा दिने निर्णय नगरिएको बताए ।

सरकारले हप्तामा दुई दिन विद्यालयसमेत बन्द गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी रुपमा विरोध भइरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.