न्युयोर्क गोलीकाण्डमा १० जनाको मृत्यु

Share this
748shares

२ जेष्ठ, एजेन्सी ।अमेरिकाको न्युयोर्कमा शनिबार भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ।

Advertisement

समाचार संस्था रोयटर्सका अनुसार न्युयोर्कको एउटा ग्रोसरी स्टोरमा १८ वर्षीय किशोरले गोली चलाएका हुन्।

गोली लागेर १० जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

Advertisement

श्वेत किशोरले जातीय घृणाका कारण गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

उनी अश्वेतलाई गोली हान्नकै लागि उक्त स्टोरमा गएको देखिएको छ। गोली लागेका १३ मध्ये ११ जना अश्वेत थिए।

Advertisement

प्रहरीले ती बन्दुकधारीको परिचय खुलाएको छैन। तर उनले शरिर अरू हतियार पनि निकै व्यवस्थित तरिकाले राखेको बताएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top