Nepal Times
Nepal Times
27
Shares

विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

२ जेष्ठ, सल्यान । सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भकएको छ । १० जना बढी घाइते भएका छन् ।

जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो ।

गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू विजुलीको तारमा ठोक्किएर करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आएको छैन । रागेचौर प्रहरीकाअनुसार छतमा बसेकाहरूले विद्युतको तारले छुँदा घटना भएको हो । घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचान हुन बाँकी छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.