Nepal Times
Nepal Times
3
Shares

हुम्लाको नाम्खामा माओवादी विजयी

हुम्लाको नाम्खामा माओवादी विजयी

२ जेष्ठ ,हुम्ला। हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर लामा र उपाध्यक्षमा नेपाली कांग्रेसका तक्दीर लामा विजयी भएका छन ।

अध्यक्षमा लामाले १ हजार ४ सय ६६ मत र उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६ सय ६२ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा कांग्रेसका तक्दीर लामाले १ हजार ९४ र उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लाक्पा नुर्बु लामाले ५ सय ६५ मत प्राप्त गरे ।

नाम्खा गाउँपालिकाको वडा नम्बर २, ३ र ६ मा स्वतन्त्र, १ र ४ मा एमाले र पाँचमा कांग्रेस विजयी भएका छन् ।

६ नम्बरका अध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.