२ जेष्ठ ,काठमाण्डौ ।काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगिरहनुभएको छ । शाहले ३ हजार २ सय ५३ मतको अग्रता लिइरहेका छन ।
अहिलेसम्मको गणनामा शाहले ६ हजार ९ सय ७८ मतसहित अग्रता कायमै राखेका छन ।
नेकपा एमालेका केशव स्थापितले ३ हजार ७ सय २५ मत प्राप्त गरेका छन ।
गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार २ सय ५५ मत प्राप्त गरेकी छन ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता लिइरहेकी छन ।
अहिलेसम्मको गणनामा डंगोलले ७ हजार १ सय ६४ मत प्राप्त गर्दै अग्रता लिइरहेकी छन ।
गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १ हजार ९ सय ८६ मत प्राप्त गरेका छन ।