Nepal Times
Nepal Times
3
Shares

तनहुँको २ वडामा महिला वडाध्यक्ष निर्वाचित

तनहुँको २ वडामा महिला वडाध्यक्ष निर्वाचित

१ जेठ, तनहुँ । तनहुँका दुई वडामा महिला वडाध्यक्ष निर्वाचित भएका छन् । भानु नगरपालिका १ को वडाध्यक्षमा कान्छीमाया तामाङ र आँबुखैरेनी गाउँपालिका ४ मा मिलन भुजेल निर्वाचित भएका हुन् ।

दुवै जना नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । तामाङले ६७२ मत ल्याउँदै नेकपा एमालेका प्रेमबहादुर लामालाई पराजित गरिन् ।

भुजेलले ४३३ मतका साथ नेकपा माओवादी केन्द्रका उम्मेदवार नेत्रबहादुर मगरलाई पछि पारिन् ।

वडाध्यक्षमा निर्वाचित भएपछि तामाङले वडामा महिला सशक्तीकरणमा जोड दिंदै काम गर्ने बताइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.