Nepal Times
Nepal Times
3
Shares

रसुवामा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जित्यो

रसुवामा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जित्यो

२ जेठ, काठमाडौं । रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्ष निर्वाचित हरिकृष्ण देवकोटाले २ हजार ६२२ मत पाए । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २८३ र माओवादी केन्द्रका

उम्मेदवार सोमबहादुर तामाङले १ हजार ५२२ मत पाएका छन् ।उपाध्यक्षमा कांग्रेसकी मिरा लामाले २ हजार ८१० मत ल्याएर निर्वाचित भइन् ।

उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी अम्बिका भट्टले २ हजार २ मत पाइन् । यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार विष्णुप्रसाद देवकोटाले १ हजार ४० मत पाएका छन् ।

अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका दावा तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेश बहादुर न्यौपाने, वडा नम्बर ३ मा

कांग्रेसका फडिन्द्र प्रसाद न्यौपाने, वडा नम्बर ४ मा कांग्रेसका खेसम तामाङ र वडा नम्बर ५ मा कांग्रेसका सन्दीप पौडेल निर्वाचित भएका छन् ।

२०७४ सालमाको स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.