Nepal Times
Nepal Times
3
Shares

काठमाडौंमा मतगणना सुस्त भएपछि मतगणनास्थल बढाइँदै

काठमाडौंमा मतगणना सुस्त भएपछि मतगणनास्थल बढाइँदै

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको छ ।

पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएको थियो । सोमबार दिउँसोसम्म पाँच ठाउँमा गणनास्थल छ ।

यसलाई पनि बढाएर सात पु¥याउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए ।

मत गणनामा ढिलाइ भएको गुनासो आएपछि गणनास्थल थपेर सात पुर्‍याउन लागिएको उनले बताए ।

जति सक्दो छिटो परिणाम दिनेमा प्रतिवद्ध रहेको बताउँदै उनले भने, ‘स्थान बढाएर हुन्छ कि, कर्मचारी थप्न पहल गरेर हुन्छ कि, के गरेर हुन्छ छिटो छरितो गराउने कुरामा म एकदमै प्रतिवद्ध छु ।’

हाल वडा नम्बर ३, ४, ५, ३१ र ३२ को मतगणना जारी छ । वडा नम्बर १ र वडा नम्बर २ को अन्तिम परिणाम सार्वजनिक भैसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.