Nepal Times
Nepal Times
3
Shares

वीरगञ्जमा राजेशमानले सरावगीलाई २५९८ मतले पछि पारे

वीरगञ्जमा राजेशमानले सरावगीलाई २५९८ मतले पछि पारे

२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी जसपा का राजेशमान सिंहले मतान्तरलाई थप फराकिलो बनाउँदै लगेका छन् ।

नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा सिंह २ हजार ५९८ मतले अगाडि छन् ।

९ हजार ५३८ मत गणना हुँदा सिंहले ४ हजार ६५७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरावगीले २ हजार ५९ मत ल्याएका छन् ।

सरावगी निवर्तमान मेयर हुन् । राप्रपाका गिरिश गिरीले १५० मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३ हजार १० मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४८९ मत पाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.