२ जेष्ठ ,चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ५८ मतले पछि पर्नु भएको छ ।
उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका हून ।
पछिल्लो मत परिणामअनुसार सुवेदीले ४ हजार ७ सय २७ मत ल्याएकाछन भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ६ सय ६९ मत प्राप्त गरेकीछिन।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि मत बढाइरहेकाछन । उनले हालसम्म २ हजार १ सय १४ मत प्राप्त गरेकाछन ।उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उनले ५ हजार ५ सय ५७ मत प्राप्त गरेकीछिन।
एमालेकी हिमला गुरुङले ३ हजार ७ सय ६४ मत प्राप्त गरेकीछिन।