ब्राउन सुगरसहित चार जना युवक पक्राउ ः तुलसीपुर

२ जेठ ७९, मंगलबार

३ जेष्ठ, तुलसीपुर ।तुलसीपुरबाट चार जना युवक लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

तुलसीपुर उपमहानगरपालिका १२ राप्ती बबई क्याम्पस पछाडिबाट तुलसीपुर ६ का २३ वर्षीय रवीन नेपालीलाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो।

Advertisement

उनीबाट ३०० मिलीग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

उनीमाथि सोधपुछ गर्दा तुलसीपुर(६ बस्ने ३४ वर्षीय अम्मर बाल्मिकीसँग खरिद गरेको खुलेको हो।

Advertisement

बाल्मिकीको डेरा कोठा पुगेर खोज्दा उनीबाट पनि १४० मिलिग्राम ब्राउनसुगर बरामद भएको डिएसपी अर्यालले जानकारी दिए।

उनीहरूसँगै प्रहरीले तुलसीपुर ९ का २७ वर्षीय मार्केट जेठा भन्ने कृष्ण जैसी, तुलसीपुर(१० घर २८ वर्षीय राजेश नेपालीलाई पनि पक्राउ गरेको हो।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top