माधव नेपालले भने गठबन्धनका घटकले आफ्नो पार्टीसँग सहकार्य गर्न चाहेनन

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई लिएर समीक्षा गर्नुपर्ने बताएका छन् ।

पार्टीले अपेक्षा गरेअनुसार स्थानीय तह निर्वाचनमा मत नआएको भन्दै उनले गठबन्धनका घटकहरुले नै आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको बताए ।

मंगलबार २९ औं मदन आश्रित स्मृति दिवसको अवसरमा एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

Advertisement

अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टी निर्माणको सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ । हामी निर्वाचनको पनि गम्भीर समिक्षा गर्नेछौं ।

गठबन्धनको पनि समीक्षा गर्नेछौं ।’ उनले निर्वाचनका बेला भएको गल्तीलाई आगामी दिनमा ख्याल गर्नुपर्ने बताए ।

Advertisement

‘अहिलेसम्मको निर्वाचनको परिणाम हेर्दा हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला । संख्याको हिसाबले ५०० को सदस्यको तहलाई अहिले हामी नाघिरहेका छौं ।

सय जनाको संख्यामा वडा अध्यक्ष जित्ने स्थिति बनाएका छौं । झण्डै १५(२० पालिकाका प्रमुख र उपप्रमुख जित्ने स्थिति बनेको छ,’ नेपालले भने, ‘कतिपय ठाउँमा राम्रै

अवस्था पनि छ भने कतिपयमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं ।’

नेपालले पार्टीलार्य वैचारिक रुपमा बलियो बनाउनुपर्नेमा पनि जोड दिए ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top