Nepal Times
Nepal Times
3
Shares

एमालेको मत बढाएर अभिलेख राखेको भन्दै तिलोत्तमामा कांग्रेसको विरोध, गणना स्थगित

एमालेको मत बढाएर अभिलेख राखेको भन्दै तिलोत्तमामा कांग्रेसको विरोध, गणना स्थगित

३ जेठ, बुटवल । तिलोत्तमा नगरपालिकाको स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा गणकहरुले बदमासी गरेर एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको भन्दै विरोध भएपछि गणना स्थगित भएको छ ।

वडा नंं १६ को मत गणनाका क्रममा गणकहरुले नेकपा एमालेका उम्मेदवारको मत बढाएर र नेपाली कांग्रेसको मत घटाएर अभिलेख राखेको भन्दै कांग्रेस

कार्यकर्ताहरुले नाराबाजी गरेपछि गणना स्थगित भएको हो ।

कांग्रेसका उम्मेदवारको १४१ मत आएकोलाई ११४ भनेर तथा एमाले उम्मेदवारको १६६ मत आएकोलाई १९६ भनेर अभिलेख राखेको पाइएको मतगणनास्थलमा खटिएका नेपाली कांग्रेसका प्रतिनिधि प्रकाश गौतमले बताए ।

गणकहरुले सरासर बदमासी गरेको भेटिएपछि विरोध भएको हो,’ उनले भने, ‘धाँधली गर्ने कर्मचारीमाथि छानबिन र कारबाही हुनुपर्छ ।’

निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले पनि अभिलेख राख्नेक्रममा त्रुटी भएको स्वीकार गरेका छन् । स्थगित मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

तिलोत्तमाको मेयरमा कांग्रेस–माओवादी गठबन्धनका रामकृष्ण खांण र एमालेका मोहन चापागाईंबीच तीव्र प्रतिस्पर्धा छ । वडा नंं। १ र १७ को मत गनिसक्दा १ मा एमाले र १७ मा कांग्रेस विजयी भएका छन् । तिलोत्तमामा १७ वटा वडाहरु छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.