Nepal Times
Nepal Times
594
Shares

माधव नेपालले भने गठबन्धनका घटकले आफ्नो पार्टीसँग सहकार्य गर्न चाहेनन

माधव नेपालले भने गठबन्धनका घटकले आफ्नो पार्टीसँग सहकार्य गर्न चाहेनन

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई लिएर समीक्षा गर्नुपर्ने बताएका छन् ।

पार्टीले अपेक्षा गरेअनुसार स्थानीय तह निर्वाचनमा मत नआएको भन्दै उनले गठबन्धनका घटकहरुले नै आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको बताए ।

मंगलबार २९ औं मदन आश्रित स्मृति दिवसको अवसरमा एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टी निर्माणको सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ । हामी निर्वाचनको पनि गम्भीर समिक्षा गर्नेछौं ।

गठबन्धनको पनि समीक्षा गर्नेछौं ।’ उनले निर्वाचनका बेला भएको गल्तीलाई आगामी दिनमा ख्याल गर्नुपर्ने बताए ।

‘अहिलेसम्मको निर्वाचनको परिणाम हेर्दा हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला । संख्याको हिसाबले ५०० को सदस्यको तहलाई अहिले हामी नाघिरहेका छौं ।

सय जनाको संख्यामा वडा अध्यक्ष जित्ने स्थिति बनाएका छौं । झण्डै १५(२० पालिकाका प्रमुख र उपप्रमुख जित्ने स्थिति बनेको छ,’ नेपालले भने, ‘कतिपय ठाउँमा राम्रै

अवस्था पनि छ भने कतिपयमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं ।’

नेपालले पार्टीलार्य वैचारिक रुपमा बलियो बनाउनुपर्नेमा पनि जोड दिए ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.