३ जेष्ठ ,धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
मतगणनाको क्रममा थोरै मतदाता भएका कारण छिटो मतगणना सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित अध्यक्ष, उपाध्यक्षहरुको नाम सार्वजनिक गरेको छ ।
रुबीभ्यालीमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राम सिंह तामाङले २७९२ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएका हून ।
उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका गोम्बा घलेले २५९७ मत प्राप्त गरेकाछन । यसअघि राप्रपाले जितेको रुबीभ्याली गाउँपालिकामा राप्रपाका केन्द्रीय नेता बुद्धिमान तामाङको घर समेत रहेको क्षेत्र हो ।
उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार फेलामा तामाङले २ हजार ९ सय ३ मत प्राप्त गरी विजयी भए ।
उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले २ हजार १ सय ३२ मत प्राप्त गरे।
रुबीभ्याली गाउँपालिकामा गठबन्धनलाई एमालेले समेत साथ दिएको थियो ।