विराटनगरमा कांग्रेसका कार्यकर्ताले गरे आफ्नै केन्द्रीय सदस्यमाथि हातपात

३ जेठ, विराटनगर । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका छन् । मंगलबार बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् ।

व्यावसायी समेत रहेका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन् । सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट विराटनगर १५ को अध्यक्ष जितेका उनी कांग्रेस प्रवेशपछि वडा नम्बर १७ को उम्मेदवार बनेका थिए । आलम जसपाका उम्मेदवार समिम कमर मियाँसँग ५०६ मतले पराजित भएका थिए । कमर १४५० मतसहित विजयी हुँदा आलमले ९४४ मत प्राप्त गरे ।

Advertisement

आफ्ना पार्टीको उम्मेदवार हराउन भूमिका खेलेको आरोप लगाउँदै कार्यर्कताले उनीमाथि हातपात गरेका थिए ।

अन्सारीले मंगलबार आफ्नै घरमा निर्वाचन समीक्षा छलफल राखेका थिए । छलफलका क्रममा उनीमाथि हातपात भएको हो ।

हातपात भएको विषयमा आलमले इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिएका छन् । प्रहरीले दुवै पक्षसँग छलफल गरेको छ ।

अन्सारीले आफूमाथि गुण्डाको समूहले आक्रमणको प्रयास गरेको बताए । आफूलाइ २–४ जना सहकर्मीले बचाएको उनले बताए ।

पार्टी हारेका विषयमा आफू दुःखी रहेको बताउँदै उनले भने,‘ मार्ने नै प्रयास भयो ।’

नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार असलम आलमले भने अन्सारी माथि हातपात नभएको बताए ।

उनका अनुसार मंगलबार अन्सारीको घरमा चुनावी समीक्षाका बैठक बसेको थियो ।

बैठकमा कांग्रेस नेताले नै अन्य उम्मेदवारलाई सहयोग गरेको विषय निस्किएपछि सामान्य विवाद भएको उनले बताए ।

‘छलफलका क्रममा सामान्य विवाद भएको हो,’ आलमले भने,‘ हातपात भएको छैन ।’

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top