३ जेष्ठ ,धनकुटा । धनकुटा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका उम्मेदवार चिन्तन तामाङ विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सात हजार ६ सय ६६ मतसहित एमाले उम्मेदवार तामाङ
विजयी भएका हुन ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले सात हजार ६ सय ५२ मत प्राप्त गरे । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस जिल्ला सभापति
राई १४ मतको झिनो अन्तरले पराजित भए।
उपमेयरमा पनि एमालेकै उम्मेदवार भीमादेवी खनाल विजयी भएकी छिन । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गणेश विष्टलाई पाँच
सय ६७ मतान्तरले पराजित गर्दै एमालेकी उम्मेदवार खनाल विजयी भएकी हुन । खनालले सात हजार एक सय ९६ मत प्राप्त गर्दा विष्टले ६ हजार ६ सय २९ मत प्राप्त गरिन।
१० वडा रहेको नगरपालिकामा नेकपा एमाले वडा नं। १, २, ४, ८ र ९ मा विजयी भएको छ भने कांग्रेस वडा नं। ३, ५, ६, ७ र १० मा विजयी भएको छ ।