३ जेष्ठ , भरतपुर। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार चार सय ३९ मतसहित अग्रतालाई कायमै राखेकी छन ।
अहिलेसम्म १९ हजार एक सय ८३ मतगणना हुँदा दाहाल एक सय ६७ मतले अघि छिन ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार दुई सय ७२ मत प्राप्त गरेका छन।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार एक सय ३९ मत ल्याएकाछन ।यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता छ ।
गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले सात हजार आठ सय ४९ मतसहित अग्रता लिइरहेका छन उनलाई राप्रपाकी उम्मेदवार हिमला गुरुङले पाँच
हजार एक सय ५२ मतसहित पछ्याइरहेकी छिन ।