Nepal Times
Nepal Times
3
Shares

ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयरमा कांग्रेस विजयी

ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयरमा कांग्रेस विजयी

३ जेष्ठ ,ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमिर मादेन विजयी भएका छन ।

गठबन्धनका उम्मेदवार मादेनले दुई हजार ३६७ मतको भारी अन्तरले नेकपा एमालेका छत्रपति प्याकुरेललाई पछि पार्दौ विजय हासिल गरेका छन।

उनले ६ हजार १७९ मत प्राप्त गरेका छन । उनका प्रत्यासी नेकपा एमालेका छत्रपति प्याकुरेलले तीन हजार ८१२ मत मात्र प्राप्त गरे ।

२०७४ सालको निर्वाचनमा विजयी बनि ५ वर्ष मेयर चलाएका प्याकुरेल फराकीलो मतले पराजित भएका हुन ।

उता, उपमेयर पदमा भने नेकपा एमालेकी भीमादेवी ओझाले चार सय ३३ मतको अन्तरले विजयी बनेकी छिन । उनले चार हजार २७७ मत प्राप्त गरेकी छिन। ओझाका प्रत्यासी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार बमबहादुर भट्टराईले तीन हजार ८४४ मत प्राप्त गरेका छन ।

विजयी ओझा पनि नेकपा एमालेका तर्फबाट नगरपालिको वडा नं।५ को वडाध्यक्ष बनिसकेका हून । पराजित बन्नुभएका भट्टराई गएको ५ वर्ष उपमेयर पद सम्मालि

सकेका हून ।यस्तै नगरपालिकाको ११ वडामध्ये नेकपा एमालेले ३, ४, ७ र ९ वडामा वडाध्यक्ष जितेको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले वडा न।१, ६ र ८ को वडाध्यक्ष जित हात पारेको छ । गठबन्धनकै अर्को घटक नेकपा माओवादीले वडा नं।

५, १० र ११ को वडाध्यक्ष जितेको छ भने नेकपा एकीकृत समाजवादीले वडा नं। २ मा जित हासिल गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.