झापाबाट ३० तोला अवैध सुनसहित एक जना पक्राउ

४ जेठ ७९, बिहीबार

५ जेष्ठ, झापा । झापाको काँकरभिट्टाबाट एक जनालाई ३० तोला सुनसहित प्रहरीले पक्राउ गरेको छ ।

मेची नगरपालिका– ६ पुरानो मेचीपुल नजिक ३० तोला सुनसहित कैलाली घर भई हाल दमक नगरपालिका–२ मा बसोबास गर्दै आएका ३३ वर्षीय धिरेन्द्र जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिएका हुन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले सुनसहित भारतबाट नेपाल आउदै गरेका जैसीलाई पक्राउ गरिएको हो ।

Advertisement

सो सुनको बजार मूल्य २८ लाख ८७ हजार १ सय ८२ रुपैयाँ पर्ने प्रहरीले जनाएको छ

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top