Nepal Times
Nepal Times
3
Shares

फर्जी मत खसेको विषयमा विवाद हुँदा पाल्पाको एउटा वडामा मतगणना रोकियो

फर्जी मत खसेको विषयमा विवाद हुँदा पाल्पाको एउटा वडामा मतगणना रोकियो

५ जेष्ठ, पाल्पा । फर्जी मत खसेको विषयमा विवाद हुँदा पाल्पाको रम्भा गाउँपालिकाको एउटा वडामा मत गणना भएको छैन ।

वडा नम्बर ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ फर्जी मत भेटिएपछि शनिबार साँझदेखि मतगणना स्थगित भएको हो ।

त्यस वडामा एमाले उम्मेदवार विजयी भएको घोषणा गरिएको थियो । विवाद पछि गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालय रम्भाले विभिन्न चरणमा बैठक बसी स्थगित गतगणना सुरु गर्न प्रयास गरिएपनि सफल नभएको जनाएको छ । निर्वाचन आयोगले भने पुनः गणना गर्न निर्देशन दिएको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.