Nepal Times
Nepal Times
3
Shares

भरतपुरमा रेनु दाहाललाई ३ हजार मतको अग्रता

भरतपुरमा रेनु दाहाललाई ३ हजार मतको अग्रता

५ जेष्ठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् ।

४० हजार ७१२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले १५ हजार ४९१ मत पाएकी छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ४११ मत पाएका छन् । दाहालले पाएको मत सुवेदीले पाएको भन्दा तीन हजार ८० ले बढी हो ।

मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ३८९ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १७ हजार ९०५ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङले नौ हजार ९७८ मत पाएकी छन् ।

भरतपुरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवारलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । त्यस्तै नेकपा एमालेका उम्मेदवारलाई राप्रपाको समर्थन छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.