Nepal Times
Nepal Times
3
Shares

सांसद छाडे पनी मेयर बन्ने सपना पूरा भएन

सांसद छाडे पनी मेयर बन्ने सपना पूरा भएन

५ जेठ, सर्लाही । प्रदेश सभा सदस्यबाट राजीनामा दिएपछि सर्लाहीको गोडैताका उपेन्द्रप्रसाद कुशवाहाले भनेका थिए, ‘जनताले बोलाए, त्यसैले प्रदेश सभा छाडेर मेयर लड्न आएँ ।’

सर्लाही क्षेत्र ४ ख बाट मधेस प्रदेश सभा सदस्य रहेका उनी राजीनामा दिएर गोडैता नगरपालिकाको मेयर उठेका थिए । उनले मेयरका लागि भोट माग्दा जनताको सेवा गर्न प्रदेश सभा छाडेको भन्ने गरेका थिए ।

जे भनेर भोट मागे पनि उनलाई जनताले मेयरमा पत्याएनन् । उनी चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का देवेन्द्रकुमार यादवसँग ५४२ मतले पराजित भएका छन् ।

दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका लोसपाका यादवले ५ हजार २९४ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी कुशवाहाले ४ हजार ७५२ मत पाए ।

कुशवाहा २०७४ सालको स्थानीय निर्वाचनमा पनि नगरप्रमुखमा यादवसँगै पराजित भएका थिए । त्यो बेला कुशवाहा २२८ मतले पराजित भएका थिए ।

यादवले ३ हजार ९०२ मत पाउँदा दोस्रो भएका कुशवाहाले ३ हजार ६७४ मत ल्याएका थिए ।

मेयर हारेका उनले २०७४ कै मंसिरमा भएको प्रदेश सभामा टिकट पाए र चुनाव जिते ।

जनताले जिताएको प्रदेश सभाको सदस्य छाडेर मेयर बन्न खोजेका उनले यसपाली भोट त बढाए, तर देवेन्द्रलाई हराउन सकेनन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.