×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शिक्षा मन्त्री भन्छन, स्थानीय तह चुनावमा गठबन्धन सफल भयो

५ जेष्ठ २०७९

५ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन् ।

बिहीबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले आंशिक कमीकमजोरी भए पनि निर्वाचनमा गठबन्धन सफल भएको बताए ।

Advertisement
Advertisement

‘गठबन्धन सफल भयो । आंशिक रुपमा भएका कमीकमजोरीहरुलाई हामी सच्याउँछौ, समीक्षा गर्छौं ।

गठबन्धनकै कारण उल्लेख्य रुपमा गठबन्धनको पक्षमा जनमत पनि प्रकट भएको छ,’ मन्त्री पौडेलले भने ।

उनले नेकपा माओवादी केन्द्र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको समेत बताए ।

संविधान र राजनीतिक प्रणाली अझै पनि खतरामा रहेको भन्दै उनले त्यसका लागि गठबन्धन आवश्यक रहेको बताए ।

मन्त्री पौडेलले कांग्रेसले माओवादी केन्द्रलाई भोट नहालेको भन्ने कुरा साँचो नभएको बताए । केही ठाउँमा त्यस्तो भए पनि सबै ठाउँमा नभएको उनको भनाइ छ ।

Advertisement

स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र पहिलेभन्दा अझै सुदृढ भएको समेत पौडेलले बताए ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top