५ जेठ, पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो पारेका छन् ।
पोखरामा ५५ हजार २६७ मतगणना हुँदा आचार्यले एमालेका कृष्ण थापालाई २ हजार ७ सय २० मतान्तरले पछि पारेका छन् ।
आचार्यले २२ हजार ८५२ मत ल्याउँदा एमालेका उम्मेदवार थापाले २० हजार १३२ मत ल्याएका छन् । यसअघि ५२ हजार मतगणना हुँदा २ हजार ४९५ मतले आचार्य अगाडि थिए ।
उपमेयरमा भने प्रतिस्पर्धात्मक देखिएको छ । यसअघि एमालेकी उपमेयर मञ्जुदेवी गुरुङ ९ मतले अगाडि थिइन् ।
अहिले भने कांग्रेसकी कोपिला रानाभाटले मञ्जुलाई १ सय ४३ मतले पछि पारेकी छन् । रानाभाटले २३ हजार १६४ मत ल्याउँदा गुरुङले २३ हजार २१ मत ल्याएकी छन् ।मेयरमा राप्रपाका शंकर खरालले २ हजार ३०४ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार गनेस पौडेलले १ हजार ३१२ मत ल्याएका छन् ।
उपमेयरमा राप्रपा उम्मेदवार रञ्जना सेनले २ हजार ९९ मत पाएकी छन् ।