विराटनगर,भदौ २
यु–१५ महिला साफ च्याम्पियनसिपमा भुटान सँग पाराजित हुँदै चौथो स्थानमा सिमित भएको छ ।शनिबार चाम्लिङथाङ रंगशालामा तेस्रो स्थानको लागि भएको खेलमा आयोजक भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै नेपालले चौथो स्थानमा चित्त बुझाएको हो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । नेपालाई तेस्रो स्थान दिलाउन वैकल्पिक खेलाडी चन्द्रा भण्डारीले दुई गोल गरिन् । नेपाल खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो । डेकी याङडनले गोल गर्दै भुटानलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० पछि परेको नेपालले दोस्रो हाफको शुरुमै बराबरी गोल फर्काउन सफल भयो । दोस्रो हाफको शुरुमै मैदान छिरेका चन्द्राले बराबरी गोल फर्काइन् ।
चन्द्राले नै ५५ औं मिनेटमा गोल गरेपछि नेपालले खेलमा २–१ को अग्रता लिन सफल भएको थियो । तर, ६६ औं मिनेटमा यासी विधाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा पुर्याएकी थिइन् । बराबरी गोल भएपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा नेपाल पराजित हुन पुग्यो ।
पेनाल्टीमा नेपालकी सरस्वती हमाल, प्रिती राई र सलोनी मगरले गोल गरे । सविता रानामगर र चन्द्रा गोल गर्न असफल भए । भुटानकी सोनाम ल्हामो, छिरिङ याङचेन, यासी विधा र छिरिङ लादनले गोल गरे । सेरज पेल्मोको प्रहार गोलकिपरले रोकेकी थिइन् ।