भदौ २ : हामीले खाने हरेक कुराहरु पेट भर्न मात्र नभै स्वास्थ्यका लागि पनि उपयोगि हुन्छन् । मौसमअनुसार तरकारीलाई सन्तुलन मात्रामा खान सकेमा रोगको सम्भावना निकै कम हुने गर्दछ ।
हरेक तरकारीका आ–आफ्नै औषधिय गुण छन् । त्यस मध्यको भिण्डीका पनि केही महत्वपूर्ण गुणहरु छन् ।
भिण्डीका फाईदाहरु
१. भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ । त्यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउँछ ।
२. भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ ।
३. मधुमेह हुने सम्भावना कम गर्छ ।
४. भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ ।
५. कब्जियतबाट बचाउछ । रोग प्रतिरोध क्षमता बढाउछ ।
६. पाचन शक्ति मजबुत बनाउछ ।
७. गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।
८. रक्तअल्पता हुनबाट जोगाउछ ।
९. आँखाको दृष्टि बढाउछ ।