यू–१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट

यू–१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट

९ जेठ, काठमाडौँ । यू–१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट भएकी छिन् । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरेको हो ।

मलेसियामा हुने यू–१९ विश्वकप छनोट खेल्न जानुअघि टिमको नयाँ कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई दिएको हो ।

४ जुनदेखि मलेसियामा हुने प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.