उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने

sf7df8f}F, ! h]7 . sf7df8f}Fsf] rGb|flu/Ll:yt rGb|flu/L gu/kflnsfsf] ejgdf /x]sf] lgjf{rg clws[tsf] sfof{nodf dtu0fgf ul/Fb} . t:jL/ M k|bLk/fh jGt, /f;;

१० जेष्ठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने भएको छ । त्रियुगा–१२ मा मतदानका क्रममा विवाद भएपछि मतदान रोकिएको थियो ।

निर्वाचन आयोगले त्रियुगा नगरपालिकाको मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए ।

सिलवालले भने ’आयोगबाट हिजो बेलुका निर्णय भएको रहेछ, अहिले बिहान जानकारी आयो । अब हामी मतगणना सुरु गर्ने तयारी गर्दैछौँ।