चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने बाइडेनको चेतावनी

१० जेष्ठ, एजेन्सी । चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् ।

जापान भ्रमणका क्रममा उनले ताइवान मामिलामा चीन खतरासँग खेलिरहेको प्रतिक्रिया समेत दिएको बीबीसीले जनाएको छ ।

चीन–ताइवानको अवस्थालाई रुसले युक्रेनमा गरेको आक्रमणको सन्दर्भमा तुलना गर्दै उनले भने, ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पहिचान मेटाउने प्रयास गरिरहेका छन् ।’

अमेरिकाको ताइवानसँग आधिकारिक रूपमा कुटनीतिक सम्बन्ध छैन । अमेरिकी राष्ट्रपतिका रूपमा जो बाइडेन पहिलो एसिया भ्रमणमा छन् ।

Scroll to Top