१० जेष्ठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने भएको छ । त्रियुगा–१२ मा मतदानका क्रममा विवाद भएपछि मतदान रोकिएको थियो ।
निर्वाचन आयोगले त्रियुगा नगरपालिकाको मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए ।
सिलवालले भने ’आयोगबाट हिजो बेलुका निर्णय भएको रहेछ, अहिले बिहान जानकारी आयो । अब हामी मतगणना सुरु गर्ने तयारी गर्दैछौँ।