६३ दलले बुझाए बन्दसूची, देउवाले रातभर कुराए

१५ पुस , काठमाण्डौ । निर्वाचन आयोगमा ६३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् । नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी,… Continue reading ६३ दलले बुझाए बन्दसूची, देउवाले रातभर कुराए

फागुनको निर्वाचनमा कठोर आचारसंहिता,के के गर्न पाइदैन

२ पुस , काठमाण्डौ । निर्वाचन आयोगले आगामी फागुन २१ को निर्वाचन आउन ७८ दिन मात्रै बाँकी रहेको अवस्थामा कठोर आचारसिंहताको प्रस्ताव गरेको छ । चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको… Continue reading फागुनको निर्वाचनमा कठोर आचारसंहिता,के के गर्न पाइदैन

थ्रेस होल्ड ५ प्रतिशतःदलहरुको दानापानी बन्द गर्ने तयारी

२५ माघ , काठमाण्डौ। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई कसिलो कानुनी दायरामा ल्याउने उद्देश्यले नयाँ मस्यौदा विधेयक तयार पारेको छ । जसमा दल दर्तादेखि उनीहरूको आन्तरिक संरचना, आर्थिक पारदर्शिता, सदस्यता वितरण, तथा दल विभाजन सम्बन्धी कडा प्रावधानहरू समावेश छन्। आयोगले दलहरूलाई अनुशासनमा राख्न निर्वाचन कानुनलाई थप प्रभावकारी बनाउने तयारी गरेको हो। राजनीतिक दलहरूलाई अनुशासनमा राख्ने हेतुले… Continue reading थ्रेस होल्ड ५ प्रतिशतःदलहरुको दानापानी बन्द गर्ने तयारी

उपनिर्वाचनमा कहाँ कसको जित ?

१७ मंसिर, काठमाण्डौ। हिजो सम्पन्न उपनिर्वाचनको मतपरिणामहरु आउने क्रम जारी रहेको छ । यसक्रममा कतिपय स्थानमा नेपाली काँग्रेसको गढमा माओवादीले कब्जा जमाएको छ । यद्यपि अहिलेसम्मको मत गणना हेर्दा समग्रमा नेपाली काँग्रेस नै अघि रहेको देखिएको छ । यसबीच मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार ग्रामथानका… Continue reading उपनिर्वाचनमा कहाँ कसको जित ?

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गर्न प्रस्ताव

७ मंसिर,काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आउँदो माघ ११ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ । आयोगले बिहीबार सरकारलाई परामर्श दिँदै माघ ११ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको हो । आयोगले राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुन आउने एक तिहाइ सदस्य पदहरूको प्रत्येक दुई वर्षमा निर्वाचन… Continue reading राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गर्न प्रस्ताव

खर्च बुझाउने सोविता,रविन्द्र र स्वागतलाई पनि निर्वाचन आयोगले किन गर्याे कारबाही ?

१० साउन, काठमाण्डौ । निर्वाचन आयोगले गत वर्षको मंसिरमा सम्पन्न निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई जरिवाना गरेको सूचना जारी गर्दा विवरण बुझाएका उम्मेदवार पनि परेको पाइएको छ । यसरी खर्च विवरण बुझाउदा पनि खर्च विवरण नबुझाएको भन्दै सूचना जारी गरेर बेइज्त गरेको भन्दै उम्मेदवारहरुले असन्तुष्टि पोखेका छन् । काठमाडौँ क्षेत्र नम्बर २ बाट चुनाव जितेकी… Continue reading खर्च बुझाउने सोविता,रविन्द्र र स्वागतलाई पनि निर्वाचन आयोगले किन गर्याे कारबाही ?

को हुन् अस्थायी मतदाता ? कहाँ भोट हाल्न पाउँछन् ?

११ असोज , काठमाण्डौ । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली आउँदो कार्तिक १ गते प्रकाशन गर्ने भएको छ । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्ने तोकिएको समय सकिएसँगै नामावली प्रकाशन गर्ने तयारी अघि बढाएको हो । आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्न असोज ६ देखि ८ गतेसम्म तोकिएको थियो । नामावलीमा त्रुटि भए कात्तिक… Continue reading को हुन् अस्थायी मतदाता ? कहाँ भोट हाल्न पाउँछन् ?

होहल्ला तथा नाराबाजी गर्ने ३ जना निर्वाचन आयोगबाट पक्राउ

२ असोज, काठमाण्डौ । निर्वाचन आयोगमा होहल्ला तथा नाराबाजी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलसहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटा रहेका छन् । उनीहरुले होहल्ला गरेपछि… Continue reading होहल्ला तथा नाराबाजी गर्ने ३ जना निर्वाचन आयोगबाट पक्राउ

चुनाव खर्च नबुझाए ६ वर्षसम्म नेतालाई बाईबाई

३० भदौ, काठमाण्डौ ।  निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राखिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले चेतावनी दिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन पर्यवेक्षकहरुका लागि नगरकोटमा बिहीबारदेखि सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा भाग लिने उम्मेदवारले एक महिनाभित्र खर्च सार्वजनिक नगरे ६ वर्ष… Continue reading चुनाव खर्च नबुझाए ६ वर्षसम्म नेतालाई बाईबाई

निर्वाचनको आचार संहिता सार्वजनिक, के–के गर्न पाइदैन् ?

१४ भदौ , काठमाण्डौ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आचार संहिता सार्वजनिक भएको छ । निर्वाचन आयोगले निर्वाचन आयोगले सोमबार आचारसंहिता राजपत्रमा प्रकाशित गरेपछि सार्वजनिक भएको हो । आचार संहिता सार्वजनिक भए पनि आयोगले निर्णय गरेका दिनदेखि मात्रै लागू हुनेछ । आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता… Continue reading निर्वाचनको आचार संहिता सार्वजनिक, के–के गर्न पाइदैन् ?

सामाजिक संजालबाट निर्वाचन आयोग हैरान

Photo: Naresh Shrestha/ THT

५ भदौ , काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाएको बताएका छन् । आज ललितपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले समय अपुग भएको बताएका हुन् । सरकारले मंसिर ४ गतेका लागि निर्वाचन घोषणा गरेको छ । आयोगले बारम्बार सरकारलाई छिटो मिति घोषणा गर्न अनुरोध गरे पनि… Continue reading सामाजिक संजालबाट निर्वाचन आयोग हैरान

चुनावमा खटिने कर्मचारीको २० लाखको बिमा

५ भदौ , काठमाण्डौ । आगामी मंसिर ४ गतेका लागि संघ र प्रदेश सभाको मिति तोकिएको अवस्थामा निर्वाचन आयोगले मतदातालाई प्रभावित गर्ने किसिमका निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा आइतबार देखि रोक लगाएको छ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ… Continue reading चुनावमा खटिने कर्मचारीको २० लाखको बिमा

निर्वाचन आयोगले प्रचण्डसँग माग्यो १० करोडको हिसाव

३१ साउन, काठमाण्डौ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पालिका चुनावमा भएको खर्चबारे सूचना उपलब्ध गराइदिन पत्राचार गरेको छ । प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिए पछि त्यसबारे जानकारी गराउन भनिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा… Continue reading निर्वाचन आयोगले प्रचण्डसँग माग्यो १० करोडको हिसाव

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि राजनीतिक दल दर्ता सुरु

२२ साउन, काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने चुनावका लागि राजनीतिक दल दर्ता सुरु भएको छ । अहिलेसम्म चार/पाँच दलले आयोगमा आफ्नो दल दर्ता गराएका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आउँदो ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता गर्न पाइन्छ । आयोगका अनुसार दल दर्ताको निवेदनसँगै… Continue reading प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि राजनीतिक दल दर्ता सुरु

उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने

sf7df8f}F, ! h]7 . sf7df8f}Fsf] rGb|flu/Ll:yt rGb|flu/L gu/kflnsfsf] ejgdf /x]sf] lgjf{rg clws[tsf] sfof{nodf dtu0fgf ul/Fb} . t:jL/ M k|bLk/fh jGt, /f;;

१० जेष्ठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने भएको छ । त्रियुगा–१२ मा मतदानका क्रममा विवाद भएपछि मतदान रोकिएको थियो । निर्वाचन आयोगले त्रियुगा नगरपालिकाको मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । सिलवालले भने ’आयोगबाट हिजो बेलुका निर्णय भएको रहेछ, अहिले बिहान जानकारी आयो । अब हामी… Continue reading उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने